शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
रामहरि श्रेष्ठ हत्या प्रकरण

गोविन्दबहादुर बटालालाई सफाइ दिने फैसलाको पुनरावलोकन रिटमा सुनुवाइ हुँदै

बिहीबार, २४ पुस २०८२, ११ : ०५
बिहीबार, २४ पुस २०८२

सारांश

  • कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालालाई सर्वोच्चले सफाइ दिएको फैसला पुनरावलोकन गर्दैछ।
  • बटाला श्रेष्ठको अपहरणमा संलग्न थिए, तर सर्वोच्चले उनलाई सफाइ दिएको थियो।
  • सर्वोच्चले यसअघि २०६८ सालमा श्रेष्ठको अपहरणमा संलग्नहरू कसुरदार हुने व्याख्या गरेको थियो।

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित मध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’लाई सफाइ दिने आफ्नै फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्दैछ । पुनरावलोकनको रिट माथि आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्ने आधारमा सर्वोच्च अदालतले बटालालाई सफाइ दिएको थियो । उनी श्रेष्ठलाई काठमाडौँदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए । फैसलामा न्यायाधीशहरू तेजबहादुर केसी र टङ्कबहादुर मोक्तान संलग्न थिए । सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई घटनामा संलग्न नभएको भन्दै सफाइ दिएको थियो ।

अर्का आरोपित सङ्कल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । यो मुद्दामा जोडिएका ३ जना अझै फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ । 

सर्वोच्च अदालतले २०६८ साल असार ६ गते यो घटनामा रामहरि श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरू कसुरदार हुने व्याख्या गरेको थियो । 

त्यो व्याख्या विपरीत न्यायाधीशद्वय केसी र मोक्तानको इजलासले बटालालाई सफाइ दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप