बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित

शनिबार, २६ पुस २०८२, ११ : ०९
शनिबार, २६ पुस २०८२

सारांश

  • नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ।
  • पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको सम्मानमा कार्यक्रम स्थगित गरिएको हो।
  • दाहालको निधन भएपछि सचिवालयले श्रद्धाञ्जली अर्पण गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको शनिबार (आज) हुने पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको सम्मानमा पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको हो । 

शनिबार दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले एक विज्ञप्ति जारी गर्दै पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । आइतबार हुने विशेष महाधिवेशन समुद्घाटन समारोह भने उनको श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने सचिवालयले जनाएको छ । 

सचिवालयले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।  दाहालको शुक्रबार साँझ निधन भएको थियो । 

611509419_1997374904328601_6921010384910794028_n (1)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप