बाँके घटनाका दोषीलाई कारबाही गर्न गठबन्धनको माग
काठमाडौँ । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नृत्वमा रहेको संघीय लोकतान्त्तिक गठबन्धनले १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
बाँके जिल्ला डुडुवा गाउँपालिका–४ कक्षा ९ मा अध्ययनरत १६ वर्षीया किशोरीको अपहरण तथा सामूहिक बलात्कारको घटनाप्रति देशभर विरोध भइरहेको छ । गठबन्धनले आज एक प्रेस नोट जारी गरी सामूहिक बलात्कार र अपहरण गरेको आरोप लागेका सद्दाम खान, मैनुदिन खान, समीर खान, फिरोज खान र साहिद खानलाई कारबाही गर्न भनेको हो ।
'यो घटना केबल एक बालिकामाथि गरिएको अपराध मात्र नभई संविधान, कानुनको शासन, न्याय प्रणाली र लोकतान्त्रिक मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो' गठबन्धनले भनेको छ । गठबन्धनले अपराधीको कुनै जात, धर्म, समुदाय वा राजनीतिक पहिचान नहुने स्पष्ट गर्दै अपराधलाई केवल अपराधकै रूपमा हेर्नुपर्नेमा जोड दिएको छ ।
घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न गठबन्धनले पाँचबुँदे माग अघि सारेको छ । मागअनुसार सबै आरोपितलाई तत्काल पक्राउ गरी निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न, दोषी ठहरिएमा कडा कानुनी सजाय सुनिश्चित गर्न, पीडित बालिका र उनको परिवारलाई पूर्ण सुरक्षा, निःशुल्क कानुनी सहायता, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ ।
महिला, बालअधिकार, दलित तथा मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई घटनाप्रति सक्रिय निगरानी र हस्तक्षेप गरी न्यायका लागि दबाब सिर्जना गर्न आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण