विशेष महाधिवेशनबाट आएको परिणाम इमानदार प्रयत्नको साझा उपलब्धि : गगन थापा
बिहीबार, ०१ माघ २०८२, १९ : १७
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले महाधिवेशनबाट आएको परिणाम सबैको इमानदार प्रयत्नको साझा उपलब्धि भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले यस्तो बताएका हुन् ।
उनले भने,'नेपाली कांग्रेस पार्टीमा सार्थक परिवर्तनका लागि विशेष महाधिवेशनबाट आएको यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि हो।'
उनले आफूहरूमाथि भरोसा राख्ने सबैप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब लो बिडिङले आयोजनाहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुन्छ’
-
दीर्घकालीन सोचसहितको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई विज्ञहरूको सुझाव
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण