सिरियामा अल कायदाका एक नेता मारिए
सारांश
- अमेरिकी सेनाको कारबाहीमा आईएससँग सम्बन्धित अल कायदाका नेता मारिएका छन्।
- उनी सिरियामा अमेरिकीहरूलाई मार्ने एम्बुसको लागि जिम्मेवार थिए।
- अमेरिकी सेनाले आईएसका ठेगानाहरूलाई निशाना बनाउँदै आएको छ।
दमास्कस । सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहसँग प्रत्यक्ष सम्बन्ध भएको अल कायदाका एक नेता मारिएका छन् । उनी सिरियामा तीन अमेरिकीहरूलाई मार्ने गरी हालिएको एम्बुसको लागि जिम्मेवार रहेको बताइएको छ ।
शुक्रबार उत्तर पश्चिम सिरियामा भएको आक्रमणमा बिलाल हसन अल–जसिम मारिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले एक विज्ञप्तिमा भनेको छ । उनी अमेरिकी र सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते बनाउने आईएस समूहको बन्दुकधारीसँग प्रत्यक्ष सम्बन्धित रहेको विज्ञप्तिमा भनिएको छ । अमेरिकी दाबीको बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गरेको छैन ।
अमेरिकी नागरिक र लडाकुहरूमाथि आक्रमण गर्ने, षड्यन्त्र रच्ने वा प्रेरित गर्नेहरूका लागि कुनै ठाउँ सुरक्षित नभएको र व्यक्तिलाई आफूले जसरी पनि खोज्ने सेन्ट कमका कमान्डर एडम ब्राड कूपरले बताएका छन् । सन् २०२५ को डिसेम्बर १३ मा मध्य सिरियाको पालमिरामा तीन अमेरिकीको मृत्यु भएदेखि अमेरिकाले सिरियामा आईएसका ठेगानाहरूलाई निशाना बनाएर व्यापक आक्रमण गरिरहेको छ ।
यो अपरेसनलाई हकआई स्ट्राइक नाम दिइएको छ । सेन्टकमका अनुसार यो मिसनमा अमेरिकाले २०० सटिक हतियार प्रयोग गरेर आईएसका सयभन्दा बढी पूर्वाधार र हतियार ठेगानामा निशाना बनाइसकेको छ ।
यो महिनाको सुरुमा सेन्टकमले २० डिसेम्बर र २९ डिसेम्बर बिच ११ अभियानहरूमा आईएस समूहका करिब २५ जना सदस्यहरूलाई मारेको वा कब्जा गरेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण