फेरि आयो रातोपाटीको हिन्दी संस्करण
सारांश
- रातोपाटी अनलाइन पोर्टलको हिन्दी संस्करण पुनः सञ्चालनमा आएको छ।
- हिन्दी भाषी पाठक र तराई-मधेशका बासिन्दालाई लक्षित गरी यो संस्करण सञ्चालनमा ल्याइएको हो।
- हिन्दी संस्करणले नेपालका गतिविधि र समसामयिक विषयवस्तुहरू प्रस्तुत गर्नेछ।
काठमाडौँ । रातोपाटी न्यूज नेटवर्कद्वारा सञ्चालित रातोपाटी अनलाइन पोर्टलको हिन्दी संस्करण https://hindi.ratopati.com शुक्रबारदेखि फेरि सञ्चालनमा आएको छ ।
नेटवर्कका प्रबन्ध निर्देशक अर्जुन पन्तका अनुसार, विश्वभर फिजारिएका हिन्दी भाषी पाठकलाई लक्षित गर्दै हिन्दी संस्करण फेरि सञ्चालनमा ल्याइएको हो । हाम्रै मुलुकको तराई-मधेशमा बसोबास गर्ने ठूलो जनसंख्याका बीच समेत हिन्दी सम्पर्क भाषाका रूपमा प्रचलित रहेकाले यस संस्करणबाट उनीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
रातोपाटीको हिन्दी संस्करणमार्फत नेपालका राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधि, राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक विविध विषयवस्तु एवम् खोजमूलक सामग्री हिन्दी भाषी पाठकमाझ पुर्याइने पन्तले प्रस्ट्याए ।
रातोपाटीको अंग्रेजी, प्रदेश तथा ग्लोबल संस्करण सञ्चालनमा रहेकामा अब हिन्दी संस्करण पनि पूर्ववत नियमित रूपमा अद्यावधिक गर्न थालिएको हो ।
रातोपाटीको हिन्दी संस्करण कोरोना महामारीको विषम कालमा प्रकाशन स्थगन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
-
अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
-
मधेसमा सर्पदंशका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण