२०४३ देखि लमजुङमा एमालेको एउटै उम्मेदवार, नवौँ पटक चुनाव लड्दै पीएस
सारांश
- पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फेरि उम्मेदवार बन्ने पक्का भएका छन्।
- उनी २०४३ सालदेखि हालसम्मका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन्।
- एमाले उपाध्यक्ष गुरुङलाई लमजुङको टिकट शनिबार राति दिइएको हो।
पोखरा । नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्नेहरूमा पृथ्वीसुब्बा गुरुङ एक हुन् । उनी २०४३ सालदेखिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । २०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि गुरुङ सोही क्षेत्रबाट उम्मेदवार बनेर हारेका हुन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पहिलो पटक निर्वाचित भए । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए । त्यसपछि २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएर उनी गण्डकीको संस्थापक मुख्यमन्त्री बने । मुख्यमन्त्री बनेपछि उनी २०७९ निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
अहिले फेरि प्रतिनिधिसभाकै निर्वाचनमा उनी प्रतिस्पर्धी बन्ने पक्का भएको छ । शनिबार राति एमाले उपाध्यक्ष समेत रहेका गुरुङलाई लमजुङको टिकट थमाएको हो । लमजुङ एमालेले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको थियो ।
नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस भए पनि पिएसले नै टिकट उछिट्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
-
अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
-
मधेसमा सर्पदंशका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण