ललितपुर महानगरको हिउँदे अधिवेशन : २४ प्रतिशत मात्रै पुँजीगत खर्च
काठमाडौँ । ललितपुर महानगरपालिकाले हिउँदे नगरसभा गरेको छ । महानगरको हिउँदे नगरसभा आइतबार सम्पन्न भएको हो । स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
नगरसभाको उद्घाटन सत्रमा बोल्दै महानगर प्रमुख चिरिबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागु हुने भएकाले आचारसंहिता लागु हुनुअघि नै जनतासँग जोडिएका सम्पूर्ण काम पूरा गर्न अनुरोध गरे ।
जेनजी प्रदर्शन र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पुँजीगत खच अपेक्षा अनुसार हुन नसकेको उनले बताए । उनले भने, 'अघिल्ला वर्षहरूको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पुँजीगत खर्च बढी भएको देखिन्छ ।
२४ प्रतिशत मात्रै पुँजीगत खर्च
पुँजी खर्च प्रगति मापनको मुख्य आधार भएको बताउँदै बाँकी ६ महिनामा यो खर्च बढ्ने गरी काम गर्न अनुरोध गरे । आर्थिक वर्ष २०८२ /२०८३को हालसम्मको पुँजीगत खर्च २४ प्रतिशत रहेको छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीचकाे टिम वर्कको कारण उपलब्धि हासिल गरेको बताए ।
उपप्रमुख मंजली शाक्य बज्राचार्यले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागु हुनुअघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन् ।
उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागु हुनुपूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरै वटा योजना सुरु भइसकेकाले भुक्तानी नभएकाले पुँजीगत खर्च कम देखिएको बताइन् । बाँकी ६ महिनामा पुँजीगत खर्च वृद्धि हुने र नागरिकको दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
-
निजी अस्पताल र बैंकमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण