राजनीति
टिकट नपाएपछि पूर्वमन्त्री प्रदीप यादवले त्यागे जसपा नेपाल, एमालेमा प्रवेश
सोमबार, ०५ माघ २०८२, ०१ : १२
सारांश
- जसपा नेपालका पूर्वमन्त्री प्रदीप यादवले पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन्।
- यादव एमालेमा प्रवेश गरेपछि पर्सा निर्वाचन क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने अनुमान गरिएको छ।
- उनीसँगै वीरगन्जका मेयर राजेशमान सिंहसहितका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरे।
वीरगन्ज । जसपा नेपालका समन्वय समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले जसपा छाडेर एमाले रोजेका हुन् ।
एमालेका केन्द्रीय सदस्य प्रभु हजराका अनुसार आइतबार मध्यराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पूर्वमन्त्री यादव एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाएपछि असन्तुष्ट बनेका यादव वीरगन्जका मेयर राजेशमान सिंहसहितका कार्यकर्ताहरूसमेत सोमबार एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेशसँगै यादव पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने आंकलन गरिएको छ । यसअघि पनि उनी सोही क्षेत्रबाट चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण