आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्व सांसद शाहले छाडे एमाले

सोमबार, ०५ माघ २०८२, १४ : २८
सोमबार, ०५ माघ २०८२

बुटवल । पूर्व सांसद यज्ञ जीत शाहले नेकपा एमाले छाडेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले आइतबार राजीनामा दिएका हुन् । 

भैरहवा निवासी  शाह पूर्व प्रधानमन्त्री डा. के आई सिंहका छोरा समेत हुन् । रुपन्देही–३ मा पार्टीले वासुदेव घिमिरेलाई टिकट दिएपछि शाह असन्तुष्ट थिए । उनी पनि सोही क्षेत्रबाट उम्मेदवार आकाङ्क्षी थिए । 

पार्टीमा कुनै अवसर नपाएको उनले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

yyyy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप