आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

अमरेश कुमार सिंहले चुनौती दिए– प्रमुख दलहरू कुनै मधेसी छोरालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न सक्छन् ?

सोमबार, ०५ माघ २०८२, १५ : ५०
सोमबार, ०५ माघ २०८२

सारांश

  • अमरेश कुमार सिंहले मधेसको छोरालाई प्रधानमन्त्री बनाउन चुनौती दिएका छन्।
  • उनले बालेन शाहको नेतृत्वमा मधेसले न्याय पाउने दाबी गर्दै उनलाई साथ दिने बताए।
  • सिंहले मधेसका जनतालाई न्याय दिलाउन र भ्रष्टाचारीलाई कारबाही गर्न जोड दिए।

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामेल भएका निवर्तमान संघीय सांसद अमरेश कुमार सिंहले मधेसको छोरालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न प्रमुख दलहरूलाई चुनौती दिएका छन् ।

जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै सिंहले कुनै दलले मधेसका छोरालाई प्रधानमन्त्रीका रूपमा अघि सार्छ भने आफूहरू बालेन शाहलाई फिर्ता गर्ने पनि प्रस्ट पारे ।

उनले बालेन शाह यो देशको ‘महानायक’ रहेको दाबी गर्दै बालेनकै नेतृत्वमा अब मधेसले न्याय पाउने जिकिर गरे ।

‘मधेसको छोराछोरीलाई सहिद बनाएर सत्ता स्वार्थ पूर्ति गर्ने खेल बन्द गर्न चाहन्छौँ,’ सिंहले भने । मधेसको छोरालाई प्रधानमन्त्री बनाउन मधेसी जनतासामु भिख माग्दैछु भन्दै उनले मञ्चबाटै झोलीसमेत फैलाएका थिए ।

‘धर्तीपुत्र बालेन शाहको अगुवाइमा तमाम बिचौलिया, भ्रष्टाचारीलाई कारबाही गरिन्छ,’ उनले भने, ‘जनताको रगत पसिनामा होली खेल्नेलाई सावधान भन्न चाहन्छौँ ।’

निवर्तमान सांसद सिंह ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा सर्लाही–४ बाट निर्वाचित भएका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप