आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

छोराले टिकट नपाएपछि शिवपुजन यादवले छाडे नेकपा

सोमबार, ०५ माघ २०८२, १८ : ५१
सोमबार, ०५ माघ २०८२

सर्लाही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सदस्य शिवपुजन यादवले पार्टी छाडेका छन् । 

छोरालाई टिकट नदिएको भन्दै नेकपा मधेस प्रदेश सदस्य यादवले सोमबार पार्टी छोडेका हुन् । 

रातोपाटीसँग कुराकानी गर्दै नेता यादवले नेकपा छोडेको बताए । 

उनका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्लाही क्षेत्र नम्बर–४ बाट अमनेस कुमार यादवलाई टिकट दिने बताए पनि अन्तिममा नदिएको बताए । अमनेस शिवपुजनका छोरा हुन् । यहाँबाट रमेश यादवलाई नेकपाले उम्मेदवार बनाएको शिवपुजनले बताए । 

पार्टीमा आफ्नो छोराको मूल्याङ्कन नभएपछि आजै पार्टी परित्याग गरिएको उनको भनाइ छ । अर्को पार्टीमा प्रवेश गर्ने आफ्नो तयारी रहेको नेकपा नेता यादवले बताए ।

यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप