कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
मङ्गलबार, ०६ माघ २०८२, ०७ : ४१
सारांश
- निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले सर्वोच्चमा रिट दायर गरेको छ।
- पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् र पेसी आइतबारका लागि तोक्न आग्रह गरेका थिए।
- गगन थापा समूहले नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद सुरु भएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेसी मंगलबारको लागि तोकेको थियो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि नै तोक्नका लागि आग्रह गरेको भएपनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद सुरु भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण