विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न संसदबाट एमालेको माग
सारांश
- नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै तुरुन्त रिहाइको माग गरेको छ ।
- एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे माफी माग्न र संसदबाट हटाउन पनि माग गरेको छ ।
- सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले गत साता सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो ।
काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ । साथै एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गत जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे माफी माग्न र संसदबाट उक्त अभिव्यक्ति हटाउन माग गरेको छ ।
‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ । अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाउनुपर्छ’, आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पुष्पराज कँडेलले भने, ‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्यो, गत निर्वाचनमा गाडी उपलब्धि गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन गरिएको हो । त्यसमा पनि एमालेलाई बदनाम गर्ने उद्देश्य प्रेरित पक्राउ हो ।’
उनले विष्णु पौडेल बेकसुर रहेको भन्दै सरकार आफू अपराधीलाई उन्मुक्ति दिने काममा लागेको तथा करका दरको सूचना चुहाएर बिचौलियालाई लाभ दिइरहेको बताए । सम्पत्ति शुद्धीकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण