नेकपाका उम्मेदवारलाई जिल्लामै पुगेर टिकट वितरण
बारा । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले बारा, पर्साका उम्मेदवारहरूलाई जिल्लामै आएर टिकट वितरण गरेका छन् ।
नेता नेपालले बारा र पर्साको ४/४ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई एक कार्यक्रमको आयोजना गरेर सोमवार साँझ टिकट हस्तान्तरण गरेका हुन् ।
नेकपाले बारामा सन्तोष दंगाल (१), रमेशप्रसाद यादव (२), भरत प्रसाद साह (३) र अजय कुशवाहकलाई क्षेत्र नं ४ को उम्मेदवार बनाएको छ भने पर्सामा अजय चौरासिया (१), मनोज चौधरी (२), छोटेलाल यादव (३) र जयप्रकाश थारुलाई क्षेत्र नं ४ मा उम्मेदवार बनाएको छ ।
उम्मेदवारहरू सबैलाई नेपालले हातमै टिकट हस्तान्तरण गरेर जितको शुभकामना प्रदान गरेका छन् ।
टिकट वितरण गर्दै नेता नेपालले पार्टीका उम्मेदवारहरूलाई जिताउन एकताबद्ध भएर लाग्न सबैलाई निर्देशन दिएका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टीमा एकताबद्ध भएका घटकहरूलाई समेटेर लैजान सबैले सहयोग गर्ने’ नेता नेपालले भने ‘मैले टिकट पाइन भनेर गाला फुलाएर बस्ने होइन ।’
नेता नेपालले यसपटक निर्वाचन चुनौतीपूर्ण भएको बताएका छन् । उनले नेपाली कांग्रेसभित्र निकै ठुलो घटना घटेकोले यसको समाधान पनि नेपाली कांग्रेस भित्रैका नेताहरूले गनुपर्ने बताएका छन् ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण