आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गगन थापा भोलि मात्रै आफ्नो निर्वाचन क्षेत्रमा जाने

बुधबार, ०७ माघ २०८२, १० : ४८
बुधबार, ०७ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ मा बिहीबार मात्रै जाने भएका छन्।
  • उनले मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका हुन्।
  • यसअघि काठमाडौँ-४ बाट चुनाव जितेका थापा यसपटक मधेसबाट चुनाव लड्दैछन्।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने भएका छन् । 

मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका सभापति थापा बिहीबार मात्रै निर्वाचन क्षेत्रमा जाने तयारीमा रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

‘भोलिमात्रै आफूले उम्मेदवारी दिएको क्षेत्रमा जाने कि भन्ने योजना बनाइरहनु भएको छ,’ चालिसेले रातोपाटीसँग भने, ‘निश्चित भने भइसकेको छैन ।’

यसअघिका ३ निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेका थापा यो पटक मधेसमा पुगेर निर्वाचन लड्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप