सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् ।
बुधवार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीहरूलाई सार्वजनिक क्षेत्रभित्र धूम्रपान रोक्न अभियान केही कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रूपमा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
काठमाडौँको चारै क्षेत्रबाट महानगर प्रहरीले काम गरिरहेको भन्दै कुनै गुनासो आउने गरी कार्यसम्पादन गर्न उनले निर्देशन दिए । प्रमुख जोशीले फुटपाथ र पार्किङमा बढी ध्यान दिनुपर्ने बताए ।
उनले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामको सुधार गर्दै महानगर प्रहरी बललाई अघि बढाउने धारणा राखे । यसअघिका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएपछि जोशीले महानगर प्रहरी बलको नेतृत्व सम्हालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण