दोस्रो सुन्दरहरैँचा उपप्रमुख कपको उपाधि आमचोकलाई
मोरङ । यहाँको सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपप्रमुख कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ ।
गछिया खेलमैदानमा आज फाइनल खेलमा आमचोक गाउँपालिकाले आयोजक सुन्दरहरैँचा नगरपालिकालाई पराजित गरेको हो । आमचोकले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ अङ्ले सुन्दरहरैँचालाई पराजित गर्यो ।
उपाधि विजेता आमचोकले शिल्ड मेडलसहित एक लाख ३३ हजार ३३३ रूपैयाँ नगद पुरस्कार हात पारेको छ । साथै द्वितीय हुने टिम सुन्दरहरैँचा नगरपालिकाले ६६ हजार ६६६ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
विजेता तथा उपविजेता टिमलाई नगरप्रमुख केदारप्रसाद गुरागाईं, कार्यक्रमका अध्यक्ष नगर उपप्रमुख अकली चौधरी, नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठ, पूर्वराष्ट्रिय भलिबल खेलाडी पोष्टकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सुन्दरहरैँचाका खेलाडी मनिका श्रेष्ठ वेस्ट लिब्रो र क्रिष्मा डाँगी वेस्ट स्पाइकर घोषित भए । साथै आमचोकका सरला राई वेस्ट डिफेन्स, रूमा श्रेष्ठ वेस्ट सेटर र आरूषा तामाङ वेस्ट प्लेयर घोषित भएर पुरस्कृत भए ।
प्रतियोगिताको फाइनल खेलमा राष्ट्रिय भलिबल खेलाडी कृष्मा डाँगीलाई विशेष सम्मान गरिएको थियो । माघ ६ गतेदेखि सिद्धार्थ युवा समाज क्लबको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा महिला भलिबल टिमको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण