सानेपामा नारा : आपकी बार गगन सरकार
शुक्रबार, ०९ माघ २०८२, १४ : ०६
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा गगन थापाको पक्षमा नारा लाग्यो।
- विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले पदभार ग्रहण गरे।
- नयाँ कार्यसमितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ‘आपकी बार गगन सरकार’ को नारा लागेको छ । विशेष महाधिवेशनबाट सभापतिमा चुनिएपछि थापा पदभार ग्रहणका लागि पार्टी कार्यालयमा पुग्दा समर्थकहरूले त्यस्तो नारा लगाएका हुन् ।
सभापति चुनिएको ८ दिनपछि थापा पद बहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यससमिति चयन भएको थियो । केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
-
मदन भण्डारी ‘राष्ट्रिय पुरस्कार’ बाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण