राजनीति
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्न सानेपामा बस्यो केन्द्रीय समिति बैठक
शुक्रबार, ०९ माघ २०८२, १५ : ०२
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए।
- नवनिर्वाचित सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा पहिलो बैठक बस्यो।
- बैठकले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गर्ने सम्भावना छ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाको सभापतित्वमा पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको छ ।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरेपछि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
आजको बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गर्ने बताइएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीकाे रूपमा अघि सारिसकेकाे छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण