बलिउड छाडेर दुबईमा घरजग्गा एजेन्ट बनिन् अभिनेत्री रिमी सेन
सारांश
- अभिनेत्री रिमी सेनले बलिउडबाट टाढा हुँदै रियल इस्टेट एजेन्टको रूपमा नयाँ करियर सुरु गरेकी छिन्।
- उनले आफ्नो फिल्मी करियर जानीजानी बर्बाद गरेको स्वीकार गर्दै, फिल्ममा फर्निचर जस्तो भूमिका र असन्तुष्टि व्यक्त गरिन्।
- रिमीले दुबईलाई आत्मीय सहरको रूपमा वर्णन गर्दै व्यावसायिक जीवनलाई ग्ल्यामरभन्दा बढी प्राथमिकता दिएकी छिन्।
मुम्बई । कुनै समय बलिउडमा आफ्नो अभिनय र सुन्दरताले तहल्का मच्चाएकी अभिनेत्री रिमी सेन अहिले ग्ल्यामरको दुनियाँबाट पूर्ण रूपमा टाढा छिन् । अक्षय खन्नासँग ‘हंगामा’ फिल्मबाट सानदार डेब्यु गरेकी रिमीले आफ्नो करियरको उचाइमा रहँदा अजय देवगन, सलमान खान र अक्षय कुमार जस्ता सुपरस्टारहरूसँग काम गरिन्।
‘धूम’, ‘गोलमाल’, ‘फिर हेराफेरी’ जस्ता ब्लकबस्टर फिल्ममा देखिएकी उनी विगत १४ वर्षदेखि पर्दाबाट हराएकी छिन् । हालै बाहिरिएको जानकारी अनुसार रिमी अहिले दुबईमा सिफ्ट भएकी छिन् र त्यहाँ रियल एस्टेट एजेन्टको रूपमा नयाँ करियर सुरु गरेकी छिन्।
हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा रिमीले आफूले जानीजानी आफ्नो फिल्मी करियर बर्बाद गरेको स्वीकार गरेकी छिन्। फिल्महरूमा आफ्नो भूमिका ‘फर्निचर’ जस्तो मात्र हुने गरेको र ‘जोनी गद्दार’ जस्ता राम्रो भूमिका भएका फिल्महरूले सोचेजस्तो सफलता नपाएपछि उनी निराश थिइन्।
एउटै किसिमको भूमिका दोहोर्याइरहन मन नलागेकाले उनले धेरै ठुला अफरहरू ठुक्राएकी थिइन् । फिल्म उद्योगको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै उनले भनिन्, ‘यहाँ जबसम्म कसैको अगाडि गिडगिडाउँदैनौ, तबसम्म मद्दत पाइँदैन । म कसैको अगाडि हात फैलाउन सक्दिनथेँ, त्यसैले अफरहरू आउँदाआउँदै पनि मैले काम गर्न छोडिदिएँ।’
अहिले दुबईमा रियल एस्टेट क्षेत्रमा जमेकी रिमी त्यहाँको जीवनशैलीबाट निकै खुसी छिन् । बिल्डक्याप्स रियल एस्टेटसँगको कुराकानीमा उनले दुबईलाई निकै आत्मीय सहरको रूपमा वर्णन गर्दै त्यहाँ काम गर्दा आफूलाई निकै राम्रो महसुस भइरहेको बताएकी छिन्।
अभिनयबाट टाढिएपछि कहिल्यै कमब्याक गर्ने इच्छा नदेखाएकी रिमीले ग्ल्यामरभन्दा व्यावसायिक जीवनलाई प्राथमिकता दिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण