भजन जोगाउन रामेछापका युवाहरूको सक्रियता, लोप हुन लागेको संस्कृति ब्युँताउने अभियान
मन्थली । आधुनिकताको मारमा परेर लोप हुन लागेको परम्परागत लोक तथा चुड्का भजन संरक्षणका लागि रामेछापका युवाहरू संगठित भएका छन्। मन्थलीमा भेला भएका जिल्लाभरका युवाहरूले आफ्नो धर्म र संस्कृति जोगाउन विशेष अभियान सुरु गरेका हुन्।
'धर्म, संस्कृति हाम्रो पहिचान, पहिचान जोगाउनु नै हाम्रो अभियान' भन्ने नाराका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको तदर्थ समितिले नयाँ कार्यसमिति समेत चयन गरेको छ। पछिल्लो समय गाउँघरमा आयोजना हुने रुद्री, सत्यनारायण पूजा, लाखबत्ती र पुराण जस्ता आध्यात्मिक अनुष्ठानहरूमा पुराना भजनको सट्टा आधुनिक र पश्चिमेली शैलीका गीतहरूले स्थान लिन थालेका छन्।
हिजोका दिनमा रातभर जाग्राम बस्दा गाइने वालन, खैजेडी र चुड्का भजनको मौलिकता हराउँदै गएपछि युवाहरूले यसको जगेर्ना गर्ने जिम्मेवारी काँधमा लिएका हुन्। युवा पुस्ताको रुचि घट्दै जानु र पुराना पुस्ताले नसक्नुले यी मौलिक सम्पदा संकटमा परेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रतिष्ठानका अध्यक्ष योगेन्द्रराज न्यौपानेले स्थानीय तहहरूले जिल्लाको कला र संस्कृति जोगाउने कार्यक्रममा सहयोग गरेमा यी भजनकीर्तनलाई पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरेका छन्। हिन्दू पहिचानसँग जोडिएका यस्ता संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको भन्दै सचिव केशवप्रसाद घिमिरेले युवाहरूको सक्रियताले नयाँ आशा जगाएको बताए।
यसैबिच, मन्थली नगरपालिकाले पनि मौलिक संस्कृति जोगाउने अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण