गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी
सारांश
- गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
- कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटाले चुनाव जिते।
- निर्वाचनमा केही मत बदर भए भने केही जनप्रतिनिधिले मतदान गरेनन्।
पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट दुवै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे ।
तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाएका छन् । जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए । तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) पाएका हुन् ।
महिला समूहमा नेकपा (एमाले) की उम्मेदवार देवकोटाले ५ हजार १४ मतभार पाएकी छिन् । उनकी निकटतम प्रतिश्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार पाइन् । तेस्रो भएकी जनमोर्चाकी लक्ष्मी वास्कोटाको ७६ मतभार मात्रै छ । देवकोटाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३० मत (२ हजार ४ सय ७० मतभार) पाएकी हुन् ।
अन्यमा २ जना प्रदेश सांसद र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिलामा २ जना प्रदेश सांसद र २ जना स्थानीय तह जनप्रतिनिधिको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकीमा २ सय २८ मतदाता थिए । ५९ सांसद र १६९ स्थानीय तहका जनप्रतिनिधिमध्ये प्रदेशतर्फ राप्रपाका २ सांसदले बहिष्कार गरेका छन् ।
यस्तै, स्थानीय तहतर्फ वालिङकी उपमेयर कविता तिवारी, ढोरपाटनका मेयर देवकुमार नेपाली र मनाङको नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले मतदान नगरेका हुन् ।
नेपाली सहकारी ठगी मुद्दामा जेलमा छन् । राप्रपाका पन्चराम गुरुङ र विन्दु पौडेलले चुनावमा भाग लिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण