चेस पजल सोल्भिङ कन्टेस्ट सम्पन्न
काठमाडौँ । देशमै पहिलोपटक आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ ।
हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे ।
एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन ।
कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घण्टा बसेर डब्लुएफसीसीले पठाएका पजल सोल्भ गरेका थिए । क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो ।
क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे । ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागी भएका हुन् ।
क्याटगोरी २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् । एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरेको पेपर पठाएपछि डब्लुएफसीसीले जाँच गरेपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ । चेस पजल सोल्भिङले खेलाडीको विश्लेषणलाई सहज बनाउँदै क्षमता अभिवृद्धि हुने गर्दछ ।
डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ को एउटा प्रतियोगिताको रूपमा हिमालयन चेस एकेडेमीले देशमै पहिलोपल्ट काठमाडौँमा पजल सोल्भिङ कन्टेस्ट आयोजना गरेको हो ।
आईएससीको २२ औँ संस्करणमा २७ देशका काठमाडौँसहित ६५ सहरमा एकसाथ आइतबार (२५ जनवरी) नौ सय बढीले प्रतिस्पर्धा गर्दैछन् ।
हरेक सहरमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म हुने ४९ औँ वर्ल्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुन पाउने छन् ।
२०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रूपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औँ प्रतियोगिता पनि हो– पजल सोल्भिङ कन्टेस्ट ।
उसले यसअघि ब्ल्ट्जि, र्यापिड, क्लासिकल र फ्रिस्टाइल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।
एकेडेमीले थापाथली कौशलटारमा नियमित प्रशिक्षण गराउँदै आएको छ । उसले अनलाइन, स्कुल र समुदायमा पनि वर्कशप र प्रशिक्षण सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्बमा सीमित
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण