आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘द ब्लू लाइट’ मनन् गर्ने फिल्म हो : निर्देशक चौहान

मङ्गलबार, १३ माघ २०८२, ११ : ५३
मङ्गलबार, १३ माघ २०८२

काठमाडौं । निर्देशक बलिराम चौहानले फिल्म ‘द ब्लू लाइट’ले कथाको रूपमा दर्शकले सधैँ सम्झिरहने विषयवस्तु उठाएको बताए । फिल्मको कथा हेर्ने मात्र नभएर मनन गर्ने समेत रहेको उनको भनाई छ ।

‘यो एक किसिमले भन्नुपर्दा विशेष फिल्म पनि हो’, रातोपाटीसँग उनले भने ‘मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबिचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास भएको छ ।’

केहीअघि सार्वजनिक ट्रेलरबाट धेरैले फिल्म ‘हरर’ विधाको भएको अनुमान गरेका छन् । तर निर्देशक चौहान फिल्म हरर नभएर मनोवैज्ञानिक ड्रामा–थ्रिलर भएको बताउँछन् । उनी भन्छन्, ‘केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन् ।’

‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । फिल्ममा बेनिशा हमाल र अर्पण थापाको मुख्य भूमिका छ । फिल्मको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने चौहानले जानकारी दिए । ‘फिल्ममा प्रेम, धोका र बदलाकै विषय नयाँ शैलीमा देख्न सकिन्छ’, उनले भने ।

फिल्ममा बेनिशा र अर्पणको अलवा आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको समेत मुख्य भूमिका छ । फिल्ममा बाल कलाकारका रुवमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्मकशो सह निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् भने कार्यकारी निर्माता छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप