सैनिक मञ्चको दक्षिण चउरमा २ करोड ७० लाख खर्च गरेर वरमुढा घाँस रोपिँदै
सारांश
- काठमाडौं महानगरपालिकाले सैनिक मञ्चको चउरमा घाँस रोप्ने योजना बनाएको छ, जसले सर्वसाधारणलाई सहज बनाउनेछ।
- घाँस रोप्न २ करोड ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ, र निर्माण पक्षलाई मंसिर २०८३ सम्मको समय दिइएको छ।
- यस परियोजनाले खुला ठाउँमा पहुँच, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले वरमुढा घाँस रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरूका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरूका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रूपमा उपयोग भएको छ ।
समय समयमा सार्वजनिक कार्यक्रम पनि हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि घाँस रोप्ने योजना कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ ।
६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्नका लागि २ करोड ७० लाख रुपैयाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ । सार्वजनिक निर्माण विभागका वरिष्ठ इन्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्म्याएर ३ इन्च मलिलो माटो राखिनेछ ।
यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी सङ्कलन पिट हुनेछन् । यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण