आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

चुरे भावर पार्टी नेकपामा समाहित

मङ्गलबार, १३ माघ २०८२, १५ : ११
मङ्गलबार, १३ माघ २०८२

काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच बद्री न्यौपाने नेतृत्वको उक्त पार्टी नेकपामा समाहित भएको हो । 

एकताका लागि नेकपाका संयोजक प्रचण्ड र चुरे भावरका न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरे । 

आजै  क्रान्तिकारी कम्युनिस्ट पार्टी,  नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य भीम चापागाईको नेतृत्वमा अर्को टोली पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप