सीईएसआईएफको अध्ययनः लिमी उपत्यकामा बढ्दै छ संकट
काठमाडौँ । हुम्लाको उच्च हिमाली क्षेत्र लिमी उपत्यकामा जलवायु परिवर्तनको प्रत्यक्ष असर तीव्र बन्दै गएको निष्कर्ष सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ) नेपालले निकालेको छ ।
सीईएसआईएफले गरेको अध्ययनमा सार्वजनिक गर्दै त्यहाँ जीविकोपार्जनमा आएको गम्भीर अवरोध, बढ्दो प्राकृतिक विपत्ति र त्यसबाट सिर्जित बसाइँसराइको संकटबारे विश्लेषण गरिएको छ ।
नेपाल–चीन सीमासँग जोडिएको लिमी उपत्यकामा हल्जी, तिल र जाङ गरी तीन गाउँ छन् । यस उपत्यकामा करिब एक हाजर २०० जनसंख्या बसोबास गर्ने गरेका सीइएसआइएफले जनाएको छ । यहाँका बासिन्दाको जीवन परम्परागत रूपमा उच्च हिमाली खेती, चौंरीपालन र अन्तर हिमाली चरन प्रणालीमा आधारित रहेको छ ।
लिमी उपत्यका जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै सीइएसआइएफले यसलाई जंगली चौंरीहरूको एक मात्र प्राकृतिक वासस्थानको रुपमा रहेको बताएको छ । ११औँ शताब्दीमा स्थापना भएको हल्जी रिन्छेन लिङ गुम्बा नेपालकै सबैभन्दा पुराना र सुरक्षित गुम्बामध्ये एक हो, जो त्यही उपत्यकामै छ । लिमीको लाप्चा ला भञ्ज्याङ धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत विशिष्ट मानिन्छ । यहीँबाट कैलाश पर्वत र मानसरोवर तालको अवलोकन गर्न सकिन्छ ।
सीईएसआईएफका अनुसार लिमीका स्थानीय प्रतिनिधि वडाध्यक्ष पाल्जोर तामाङ र मंगल लामाले जलवायु परिवर्तन नै हालको संकटको मूल कारण रहेको बताएका छन् । उनका अनुसार तापक्रम वृद्धिले मौसमी चक्र असन्तुलित बनाउनुको साथै वर्षा अनिश्चित भएको र बाढी तथा भू–क्षयका घटना बढ्दै गएको बताएका छन् । विशेषगरी तिल गाउँमा बारम्बार आउने बाढी र नदी कटानले घर, खेत र पूर्वाधारमा गम्भीर क्षति पुर्याउँदै आएको सीईएसआईएफले बताएको छ ।

तिल गाउँ हाल सबैभन्दा जोखिमपूर्ण बस्तीका रूपमा चित्रित गरिएको छ । सन् २०२५ मा आएको ठुलो बाढीलगायत पटक–पटकका विपत्तिले यहाँका धेरै घर र खेतीयोग्य जमिन पूर्ण रूपमा नष्ट भएको बताइएको छ । जाङ गाउँमा भने जनसंख्या लगभग शून्य हुन लागेको बताएको छ । कुनै समय ६० भन्दा बढी घरधुरी रहेको उक्त गाउँमा हाल दुई घरधुरी मात्र बाँकी छन् । यस अवस्थालाई मध्यनजर गर्दै सन् २०२५ को अन्त्यतिर लिमी उपत्यकाका तीनवटै गाउँलाई पुर्ख्यौली थलो ‘ताक्ची’मा स्थानान्तरण गर्ने सामूहिक निर्णय गरिएको जानकारी सीईएसआईएफले जनाएको छ ।
जलवायु परिवर्तन तत्कालको कारण भए पनि अनुकूलन र समाधानका लागि सुशासन नै सबैभन्दा ठुलो चुनौती बनेको सीईएसआईएफले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण