कांग्रेसलाई घोषणापत्रमा वैदिक सनातन राष्ट्र र संवैधानिक राजसंस्था समेट्न सुझाव
सारांश
- नेपाली कांग्रेसलाई वैदिक सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई घोषणापत्रमा समावेश गर्न सुझाव दिइएको छ।
- महाअभियानले पार्टीको नीति र नेतृत्वले राष्ट्रिय राजनीतिमा भूमिका कमजोर पारेको र धर्मनिरपेक्षताले सामाजिक सद्भाव बिथोलेको आरोप लगाएको छ।
- कांग्रेसले संवैधानिक राजसंस्था पुनःस्थापित गर्न र चुनावी घोषणापत्रमा प्रतिबद्धता जाहेर गर्नुपर्ने सुझाव दिइएको छ।
काठमाडौँ । नेपाली कांग्रेस, वैदिक सनातन हिन्द राष्ट्र स्थापना महाअभियान, केन्द्रीय समन्वय समितिले पार्टीको आसन्न निर्वाचनका लागि पार्टीले लेख्ने घोषणापत्रमा वैदिक सनातन (हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई समावेश गर्न सुझाव दिएको छ। पार्टीलाई घोषणापत्र लेखनबारे सुझाव दिँदै महाअभियानले पार्टीलाई वैचारिक र सैद्धान्तिक दिशामा फर्काउन सुझाव दिएको हो ।
महाअभियानका सहसंयोजक लोकेश ढकालद्वारा हस्ताक्षरित सुझावमा लामो समयदेखि पार्टीले लिएका नीति र नेतृत्वको कारण राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका र औचित्य कमजोर बन्दै गएको उल्लेख छ ।
सुझावपत्रमा २०६३ साल जेठ ४ गते हठात् देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको घटनाले राष्ट्रियता, राष्ट्रिय एकता र नेपाली समाजको मौलिक पहिचानमाथि गम्भीर प्रहार गरेको उल्लेख छ । यो निर्णय जनभावना विपरीत र विदेशी शक्तिको खेल भएको भन्दै यसले बहुसङ्ख्यक जनताको आस्था र परम्परागत धर्म संस्कृतिमाथि अतिक्रमण गरेको आरोप ढकालले सुझावमा लगाएका छन् ।
विश्वका धेरै देशहरूले आफ्नो राष्ट्रिय धर्म घोषणा गरिरहेको भन्दै उनले नेपालमा झन्डै ९५ प्रतिशत जनता ओमकार परिवारभित्रका हुँदाहुँदै धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु राष्ट्रियता विरुद्ध भएको सुझावमा उल्लेख छ । धर्मनिरपेक्षताले सामाजिक सद्भाव र आपसी भाइचाराको भावलाई बिथोलेको र नेपालको साझा पहिचानको रूपमा रहेको हजारौँ वर्षदेखिका मौलिक सनातन धर्म, संस्कृति र परम्परा मासिँदै गएको पनि सुझावमा तथ्यसहित उल्लेख गरिएको छ ।
कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै ‘संवैधानिक राजतन्त्र’लाई प्रमुख राजनीतिक अडानको रूपमा स्वीकार गर्दै आएको उल्लेख गर्दै सुझावमा महाअभियानले राजा महेन्द्रले प्रजातन्त्र अपहरण गर्दा पनि बिपी कोइरालाले राजसंस्थाप्रति प्रतिशोध नराखी राष्ट्रियता र राष्ट्रिय अस्तित्वका लागि राजसंस्था अपरिहार्य भएको बुझेको स्मरण गराइएको छ।
सन्तनेता कृष्णप्रसाद भट्टराईले धर्मनिरपेक्ष राष्ट्र घोषणाप्रति असहमति जनाउँदै पार्टी परित्याग गरेको प्रसङ्ग पनि सुझावमा स्मरण गराइएको छ । करिब २० वर्षको गणतन्त्र कालमा देशको राष्ट्रियता थप कमजोर बनेको, राष्ट्रिय अखण्डतामाथि चुनौती थपिएर देश सुगौली सन्धिपछिकै कठिन अवस्थामा पुगेको अवस्थालाई सुझावमा औँल्याइएको छ ।
सुझावपत्रमा आम नेपाली जनताको माग र भावनाको कदर गर्दै, महासमिति बैठकहरूमा व्यक्त अभिमतलाई ध्यानमा राखी, नेपाललाई बौद्ध, वोन, किराँत, लिम्बु सहितका सनातनी ओमकार परिवारको भावनाको कदर गर्दै वैदिक सनातन (हिन्दु) राष्ट्रको पक्षमा अडान लिन सुझाव दिइएको छ। अल्पसङ्ख्यक धार्मिक समुदायको धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्नेगरी घोषणापत्र लेख्न आग्रह गरिएको छ ।
कांग्रेसले देशको आवश्यकता र जनताको भावनाको कदर गर्दै संवैधानिक राजसंस्थालाई पुनः स्थापित गर्न अग्रसर हुनेछ भनेर चुनावी घोषणापत्रमा प्रतिबद्धता जाहेर गर्न पनि माग गर्दै आसन्न निर्वाचनलाई ध्यानमा राखेर पार्टीले विगतका आफ्ना राजनीतिक भुलबाट सिकेर राजनीतिक रोड करेक्सन गरेर अगाडि बढेमा नै आफ्नो गौरवशाली स्थान पुनः प्राप्त गर्न सक्ने र देश बचाउन तथा प्रजातान्त्रिक आन्दोलनलाई सकारात्मक दिशामा डोहर्याउन सफल हुने सुझाव अभियानले दिएको छ ।
‘राजनीतिक दलहरूसँग मिले देश बचाउने कार्यमा सहकार्य गर्न तयार भएको स्पष्ट अभिव्यक्ति राजा ज्ञानेन्द्रले गरिसकेको अवस्थामा अब नेपाली कांग्रेस अग्रसर भएर राजसंस्था सहित देशको सबै दलहरूको बिचमा आम सहमति निर्माण गर्दै सनातन हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको ऐतिहासिक निर्णय लिने वेला अहिले नै हो । कांग्रेस यसमा चुक्यो भने कांग्रेसले क्षति व्यहोर्ने नै, कहिल्यै पराधीन नभएको स्वतन्त्र हिमाली राष्ट्र नेपालले अकल्पनीय क्षति व्यहोर्न सक्छ,’ सुझावमा लेखिएको छ ।
यस्तो छ महाअभियानको सुझाव :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण