सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते, २ जनाको अवस्था गम्भीर

सोमबार, १९ माघ २०८२, १५ : २५
सोमबार, १९ माघ २०८२

सारांश

  • सल्यानको शारदा नगरपालिकामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
  • श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको अटो अनियन्त्रित भई ५०० मिटर तल खसेको हो।
  • घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेत । सल्यानको शारदा नगरपालिका–२ खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो ।

दुर्घटनामा परी अटोमा सवार ११ मध्ये १० जना घाइते भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्ण बहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो । अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल रहेका छन् ।

प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

घाइतेहरूको विवरण र अवस्था

१. टर बहादुर रेउले (७८ वर्ष): सिद्दकुमाख गा.पा.–१ (अवस्थाः गम्भीर)
२. सृष्टि बि.क. (३ वर्ष):बनगाड कुपिण्डे न.पा.–९ (अवस्थाः गम्भीर)
३. दिपक बि.क. (३५ वर्ष): सिद्दकुमाख गा.पा.–२ (अवस्थाः मध्यम)
४. रेशम बहादुर नेपाली (१९ वर्ष): शारदा न.पा.–११ (अवस्थाः मध्यम)
५. दिपक बि.क. (७ वर्ष): बनगाड कुपिण्डे न.पा.–९ (अवस्थाः मध्यम)
६. संगिता बि.क. (२३ वर्ष): बनगाड कुपिण्डे न.पा.–९ (अवस्थाः सामान्य)
७. कृष्णा बुढाथोकी (२३ वर्ष): दाङ बबई गा.पा.–६ (अवस्थाः सामान्य)
८. स्मृति बुढाथोकी (३ वर्ष): दाङ बबई गा.पा.–६ (अवस्थाः सामान्य)
९. धनि सुनार (३८ वर्ष): सिद्दकुमाख गा.पा.–२ (अवस्थाः सामान्य)
१०. पुष्पा सुनार (३९ वर्ष): सिद्दकुमाख गा.पा.–२ (अवस्थाः सामान्य)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप