‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्छ : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले एक महिनाभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरु तोड्ने दाबी पनि गरे । उनले श्रमिकलाई ट्र्यापमा पार्ने खालका सबै प्रकारका कार्यविधि खारेज गर्दै आवश्यक नीतिगत सुधार गरिने बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीसँग जोडिएको फ्रि भिसा र फ्रि टिकटको व्यवस्था समस्याको रुपमा देखापरेको उल्लेख गरे । बाहिरबाट हेर्दा राम्रो देखिए पनि फ्रि भिसा र फ्रि टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छलि र संगठित अपराधलाई बढावा दिएको उनको दाबी छ ।
उनले भने, ‘हामी श्रमिकमैत्री नबनेकै हो । आत्मसमीक्षा गरौँ । अब हामीले वैदेशिक रोजगार ऐनअन्तर्गतको नियमावलीको नियम ५२ (३)मा कार्यविधि भनेको छ । त्यसमा कार्यविधिको प्रयोग गरेर यस क्षेत्रमा देखिएका समस्या तथा बाधा अड्चनहरु फुकाउन सकिनेछ भनिएको छ । अन्तरिम सरकारको कार्यकालमै वैदेशिक रोजगारसँग सम्बन्धी कार्यविधि संशोधन गर्नको लागि समिति बनेको छ । समितिले स्टेकहोल्डरहरुसँग आवश्यक सुझाव लिएर काम गरिरहेको छ । वैदेशिक रोजगारसँग जोडिएको फ्रि भिसा, फ्रि टिकटको विषय पनि समस्याको रुपमा देखिएको छ । हेर्दा सुन्दा राम्रो लागेपनि त्यसले राजश्व चुहावटदेखि लिएर कर छली र सङ्गठित अपराधहरु यसको माध्यमबाट भइरहेका छन् । त्यसकारण यस्ता प्रकारका पपुलिष्ट मुद्दालाई लिएर कहिलेसम्म हामी गुमराहमा पर्ने ? त्यसकारण यसलाई खारेज गरौँ ।’
उनले नवैदेशिक रोजगारसम्बन्धी कार्यविधि संशोधनका लागि समिति गठन भइसकेको जानकारी दिँदै समितिले सरोकारवालासँग सुझाव संकलन गरेर काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण