५५ वर्षपछि घर फर्किए, ७० वर्षको उमेरमा नागरिकता पाए
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ देवलका गगनसिं खड्काले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले बुधबार उनलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता प्रदान गरेका हुन्।
वि.सं. २०१२ माघ १५ गते जन्मिएका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका थिए । उनी ५५ वर्षपछि फर्किएका हुन् । गाउँ फर्केपछि स्थानीयवासीले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी गराएपछि उनी नागरिकता बनाउन प्रशासन कार्यालय पुगेका थिए ।
यसैगरी स्थायी ठेगाना सोलुखुम्बु भएका एनबी तामाङले पनि आज ७४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । उनी करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन् ।
वि.सं. २०३५ देखि डडेल्धुरा आएका तामाङले विभिन्न कारणले हालसम्म नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी वलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण