हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ । स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । तीनै जनाले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हुँदा तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेट्टिएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ ।
पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण