‘भागम भाग २’ : गोविन्दाको ठाउँमा मनोज बाजपेयी !
सारांश
- बलिउड फिल्म 'भागम भाग' को सिक्वेल बन्ने भएको छ, जसमा मनोज बाजपेयी गोविन्दाको स्थानमा देखिनेछन्।
- फिल्ममा अक्षय कुमार र परेश रावलको जोडी यथावत् रहनेछन्, तर मुख्य कलाकार परिवर्तन गरिएको छ।
- 'भागम भाग' सन् २००६ मा रिलिज भएको थियो र दर्शकमाझ एक सफल कमेडी फिल्मको रूपमा स्थापित छ।
मुम्बई । बलिउडमा यतिबेला पुराना सुपरहिट फिल्मका सिक्वेल बनाउने लहर चलेको छ । यसैक्रममा सन् २००६ को चर्चित कमेडी फिल्म ‘भागम भाग’ को दोस्रो भाग बन्ने भएको छ । सो फिल्मको छायाङ्कन तयारी भइरहेको छ ।
फिल्मलाई लिएर आएको पछिल्लो अपडेटले भने दर्शकहरूलाई अचम्ममा पारेको छ । समाचारका अनुसार फिल्मको मुख्य कलाकार परिवर्तन गरिएको छ । फिल्ममा अक्षय कुमार र परेश रावलको जोडी यथावत् रहने भए पनि गोविन्दाको ठाउँमा मनोज बाजपेयी देखिने भएका छन् ।
रिपोर्टका अनुसार निर्माण पक्षले मनोज बाजपेयीलाई फिल्मका लागि अनुबन्धित गरिसकेको छ । ‘भागम भाग’ मा गोविन्दाको अभिनय र उनको ‘कमेडी टाइमिङ’ लाई दर्शकले निकै रुचाएका थिए ।
यस्तोमा गम्भीर अभिनयका लागि परिचित मनोज बाजपेयीले गोविन्दाको स्थानमा कस्तो न्याय गर्नेछन् भन्ने कुरामा सबैको चासो बढेको छ । यद्यपि, निर्माण पक्षले यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरेको छैन ।
सन् २००६ मा रिलिज भएको ‘भागम भाग’ लाई प्रियदर्शनले निर्देशन गरेका थिए । अक्षय, गोविन्दा र परेश रावलको मुख्य भूमिका रहेको फिल्ममा लारा दत्ता, राजपाल यादव, ज्याकी श्राफ, शक्ति कपुर लगायतका कलाकारहरूको अभिनय थियो ।
बक्स अफिसमा सफल भएको यो फिल्म समयसँगै दर्शकमाझ एक सदाबहार कमेडी फिल्मको रूपमा स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण