शनिबारदेखि झापा गोल्ड कपको सातौँ संस्करण
झापा । झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । डोमालाल राजवंशी रङ्गशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो ।
झापा गोल्ड कपका अध्यक्ष केदार गिरीले पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको र यसमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्लब सहभागी हुने जानकारी दिए ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबका साथै भारत, भुटान र मलेसियाका क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले रु २५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, नालीगुराँस एशोसिएशन नेपाल (पोखरा), रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ फुटबल क्लब (मलेसिया) सहभागी हुनेछन् ।
झापा गोल्ड कपका खेल यसवर्ष ‘गोल नेपाल’मार्फत प्रत्यक्ष प्रसारण हुने बताइएको छ । सातौँ संस्करणको उद्घाटनका अवसरमा स्व डोमालाल राजवंशीको शालिक अनावरण गरिनेछ । साथै जिल्लाका एक पूर्वफुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने कार्यक्रम तय गरिएको छ ।
साथै, रङ्गशाला स्थापना गर्न सहयोग गरेको भन्दै डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद रु एक लाख प्रदान गरिने छ । फुटबलमार्फत झापा जिल्लालाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको झापा गोल्ड कपले स्थानीय खेलाडी उत्पादन, खेल पर्यटन प्रवर्द्धन र खेल संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएको झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिए ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण