जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १५ सय बढी सामग्री हटाइयो
धनुषा । जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको छ । निर्वाचन कार्यालयमा पटक पटक उजुरी परेपछि सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आफैँ प्रचार सामग्री हटाउन आग्रह गरिएको थियो ।
उक्त आग्रहको बेवास्ता भएपछि शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अनुगमन गर्दै एक हजार ५०० भन्दा बढी अवैध प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सार्वजनिक स्थान, बिजुलीका पोल, पर्खाल तथा सरकारी संरचनामा टाँसिएका प्रचार सामग्री निर्वाचन आचारसंहिता विपरीत ठहरिएका हुन् । अनुगमनका क्रममा सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन गर्ने दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
निर्वाचन कार्यालयले आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारमाथि कानुनी कारबाही हुनसक्ने चेतावनी पनि दिएकाले नियमित अनुगमन भइरहेको उनले बताए ।
साथै निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न स्थानीय प्रशासन, प्रहरीलगायत सरोकार भएका निकायले आग्रह गरेका छन् । प्रशासनले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने र उल्लङ्घन दोहोरिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण