नेकपाका उम्मेदवारले सरकारी भवनमा सम्पर्क कार्यालय खाेलेपछि...
सारांश
- नवलपरासीको सरकारी भवनमा नेकपाकी उम्मेदवारले सम्पर्क कार्यालय खोलेकी छिन्।
- जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै कार्यालय हटाउन निर्देशन दिएको छ।
- यसअघि नवलपरासीमा आचारसंहिता उल्लंघनका १० वटा उजुरी दर्ता भइसकेका छन्।
बुटवल। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का एक उम्मेदवारले नवलपरासीको सरकारी भवनमा सम्पर्क कार्यालय खोलिएको विषय बाहिर आएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार सिन्धु‘जलेसा’ बुढाथोकीले सुस्ता गाउँपालिकाले निर्माण गरेको भवनमा सम्पर्क कार्यालय स्थापना गरेकी हुन्। यसरी सरकारी भवन उम्मेदवारले प्रयोग गरेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले आपत्ति जनाएको छ ।
आयुर्वेद औषधालयका लागि नगरपालिकाले निर्माण गरेको भवनमा हाल एक महिला सहकारी बस्दै आएको छ । त्यसैको एक काेठामा बुढाथोकीले सम्पर्क कार्यालय खोलेकी थिइन् ।
सार्वजनिक भवनमा बुढाथोकीले सम्पर्क कार्यालय खोल्नु निर्वाचन आचारसंहिता विपरीत भएकोले त्यसलाई तत्काल हटाउन भनिएको आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले रातोपाटीलाई बताए ।
उनले भने, 'त्यो भवनको एक कोठामा उहाँहरूले सम्पर्क कार्यालय खुल्नु भएको रहेछ, त्यो आचार संहिता विपरीत रहेकोले हामीले तत्काल हटाउन निर्देशन दिएका छौँ । अब केही समयमा हट्छ होला ।'
रातोपाटीले यसबारे बुढाथोकीसँग कुराकानी गर्न खोज्दा स्थानीय पार्टीको इन्चार्जसँग बुझ्न अनुरोध गरिन्।
नवलपरासी जिल्लामा अहिलेसम्म १० वटा आचारसंहिता उल्लङ्घनका उजुरी दर्ता भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा २३ स्वतन्त्रसहित ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
-
नमोबुद्धले ल्यायो ९१ करोड ३६ लाखको बजेट
-
मादीले ल्यायो ६५ करोडको बजेट, गुन्द्रुकको ब्रान्डिङ गर्ने
-
कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण