मोरङमा महिला मृत फेला, श्रीमान् प्रहरी नियन्त्रणमा
आइतबार, २५ माघ २०८२, १९ : ३१
विराटनगर । मोरङको रंगेली नगरपालिकामा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । रंगेली नगरपालिका वडा नं. २ जलिया बस्ने ३५ वर्षीया मोरङमई मुर्मु बिहीबार मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दिउँसो साढे १२ बजे मुर्मु आफ्नै घरको कोठाभित्र मृत अवस्थामा रहेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल कोशी पठाएको छ ।
घटनाको थप अनुसन्धानका लागि मृतकका श्रीमान् साईना मुर्मुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रवक्ता हरिनन्दन चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण