सामसुङको स्मार्टफोनमा एआई प्रविधिको नयाँ युग सुरु हुँदै
सारांश
- सामसुङले नेपाली बजारमा नयाँ एआई प्रविधि ल्याउने संकेत गरेको छ, जसले डिस्प्ले र प्रयोगकर्ता अनुभवमा परिवर्तन ल्याउनेछ।
- नयाँ प्रविधिले मोबाइलको कन्टेन्टलाई रियल टाइममा अनुकूलन गर्ने क्षमता राख्नेछ र 'प्राइभेसी तह' मार्फत व्यक्तिगत विवरण सुरक्षित गर्नेछ।
- सामसुङले 'इन्टेलिजेन्ट डिस्प्ले लेयर' र 'नाइटोग्राफी' फिचरमा सुधार गर्ने योजना बनाएको छ, जसले प्रयोगकर्ताको अनुभव बढाउनेछ।
काठमाडौँ । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड सामसुङले नेपाली बजारमा नयाँ एआई-ड्रिभन प्रविधि भित्र्याउने संकेत गर्दै प्रयोगकर्तामाझ उत्साह जगाएको छ। सामसुङले जारी गरेका टिजरहरूको शृङ्खलाले स्मार्टफोनको डिस्प्ले इन्टेलिजेन्स र अन-डिभाइस एआईमा ठूलो परिवर्तन आउन लागेको सङ्केत गरेको हो।
आधिकारिक विवरण गोप्य राखिए पनि यी टिजरहरूले ग्यालेक्सीका पारखीहरूमाझ नयाँ बहस छेडिदिएका छन्। सामसुङले यसपटक विशेष गरी ‘इन्टेलिजेन्ट डिस्प्ले लेयर’ मा केन्द्रित रहेर दैनिक प्रयोगलाई अझ सहज बनाउने योजना अघि सारेको देखिन्छ।
अन-डिभाइस एआईद्वारा सञ्चालित यो प्रविधिले मोबाइलको कन्टेन्टलाई रियल टाइममा अनुकूलन गर्ने क्षमता राख्दछ। यसले प्रयोगकर्ताले विभिन्न परिस्थितिमा स्क्रिन कसरी हेर्छन् र अन्तरक्रिया गर्छन् भन्ने अनुभवलाई पूर्ण रूपमा बदल्ने अपेक्षा गरिएको छ। साथै, सामसुङको चर्चित 'नाइटोग्राफी' फिचरमा समेत थप अपग्रेड हुन सक्ने आधारहरू देखिएका छन्।
टिजरमा देखिएको सबैभन्दा रोचक पक्ष भनेको एआईमा आधारित प्राइभेसी फिचर हो। कम्पनीले उन्नत डिस्प्ले प्रविधि र अन-डिभाइस इन्टेलिजेन्सको प्रयोग गरी नयाँ 'प्राइभेसी तह' प्रस्तुत गर्ने तयारी गरेको छ। यसले हिँडडुल गर्दा वा सार्वजनिक स्थानमा मोबाइल चलाउँदा व्यक्तिगत विवरणहरू सुरक्षित राख्न मद्दत पुर्याउनेछ।
सामसुङ नेपालले चाँडै नै यो प्रविधिको आधिकारिक खुलासा गर्ने तयारी गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण