आहा रारामा जावलाखेलको विजयी सुरुवात
बुधबार, २८ माघ २०८२, २१ : ४९
सारांश
- जावलाखेल युथ क्लबले आहा रारा पोखरा गोल्डकपमा मछिन्द्र फुटबल क्लवलाई २-० गोलले पराजित गर्यो।
- निकोलस हेमिलटन र बौबुकार सिसोखोकोले जावलाखेलका लागि गोल गरे।
- प्रतियोगितामा १२ टोली सहभागी छन् र विजेताले १४ लाख रुपैयाँ पाउनेछन्।
पोखरा । जावलाखेल युथ क्लबले पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्र फुटबल क्लवलाई २–० गोल अन्तरले हराउँदै जावलाखेलले जित दर्ता गरेको हो ।
५४ औं मिनेटमा निकोलस हेमिलटनको गोलबाट अग्रता लिएको जावलाखेलले ६४औँ मिनेटमा बौबुकार सिसोखोकोको गोलबाट दोब्बर नतिजा निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जावलाखेलले खेलभरी दवाव सिर्जना गरेको थियो ।
सहारा क्लवको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका ९ गरी १२ टोलीको सहभागिता छ । प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजार रुपैयाँ, उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
-
मोरङका १७ पालिकाले ल्याए १७ अर्बको बजेट (कुन पालिकामा कति ?)
-
तनहुँ-कास्कीबिच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण