बुढासुब्बा गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा
सारांश
- बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्लानिङ ब्वाइज पुग्यो।
- लालीगुराँस एसोसिएसनलाई २-१ गोलले हराउँदै प्लानिङ ब्वाइजले जित हासिल गर्यो।
- प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ।
सुनसरी । धरानमा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँस एसोसिएसन पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलका प्रवेश गरेको हो । खेलको पहिलो समयको छैटौँ मिनेटमा लालीगुराँस फुटबल क्लबका खेलाडी सिकन्दर सिद्धिकीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १४औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी विलियम एलेक्सले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि दोस्रो हाफको ४१औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले थप गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।
बुधबारको खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित भए । उनलाई नगद रु १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार झापा–११, झापा र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५/२५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने छ ।
यही माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन विपद्मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण