विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन विश्वप्रकाशको आग्रह
सारांश
- विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन आग्रह गरे।
- उनले कांग्रेसले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा जोड दिए।
- शर्माले पार्टीलाई पहिलो दलको रूपमा स्थापित गराउनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिस्पर्धाका नाममा दुस्मनीको खडा गरेर वा विपक्षीलाई गाली गरेर नभई कांग्रेसले अघि सारेका एजेन्डाका आधारमा चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
नेपालमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुनहरू बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरी पार्टीलाई पहिलो दलको रूपमा स्थापित गराउनुपर्ने उनले बताए । शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरू नै पर्याप्त रहेको दाबी गरे ।
नयाँ सोचका साथ निर्वाचनमा जाँदै गर्दा राजनीतिक रूपान्तरणको सन्देश दिन सक्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण