खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश
काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थी छनोट गरी अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ ।
सोसाइटीका अनुसार प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजाबाट छनोट भई प्रतियोगिता दोस्रो चरणमा प्रवेश गरेको हो । सात प्रदेशका मोरङ, धनुषा, काठमाडौँ, कास्की, रुपन्देही, सुर्खेत र कैलालीमा प्रतियोगिता सञ्चालन गरिएका थिए ।
कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूहमा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा छन् । मधेस प्रदेशमा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो र बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन् ।
यहाँ सिनियर समूहमा काठमाडौँ मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन् ।
यसैगरी, गण्डकी प्रदेशमा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शश्वत रेग्मी, लुम्बिनी प्रदेशमा बिहान न्यौपाने, कर्णाली प्रदेशमा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेशमा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन् । सोसाइटीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
-
विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोड ४७ लाखको बजेट
-
बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ
-
सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता
-
हेटौंडामा निर्माण व्यवसायी घिमिरेमाथि आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण