नेपाल कबड्डी लिग सिजन २ जुन ५ देखि दशरथ रङ्गशालामा
काठमाडाैँ । ‘माटोदेखि मैदानसम्म’ भन्ने मूल नाराका साथ नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करण आयोजना हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी जुन ५ देखि दशरथ रङ्गशालामा प्रतियोगिता शुरु हुने औपचारिक घोषणा गरिएको हो । यस पटकको लिगमा ५० देशका ६ सय भन्दा बढी खेलाडीहरूले दर्ता गरिसकेका छन् ।
जसमध्ये ५ सय १२ जना नेपाली खेलाडीहरू रहेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । कार्यक्रममा पशुपतिनाथ मन्दिर, स्तम्भ र कबड्डी खेलाडीहरूको कलात्मक प्रतिबिम्ब झल्किने नयाँ आकर्षक ट्रफी पनि सार्वजनिक गरिएको छ ।
कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउने र कबड्डीलाई नयाँ उचाइ दिने लक्ष्य राखेको आयोजको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण