एभरेष्टलाई हराउँदै इटहरी फाइनलमा
विराटनगर । हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित जुट मिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि नजिकको यात्रा तय गरेको हो ।
अब इटहरीले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार घरेलु टोली युनाइटेड भेट्रान्स क्लब र आयोजक मिल्स भेट्रान्स क्लब (निलो) बीच प्रतिस्पर्धा हुनेछ ।
निकै प्रतिस्पर्धात्मक बनेको बुधबारको खेलमा पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको इटहरीका लागि बिमल कार्कीले निर्णायक गोल गरे । उनले खेलको ४७ औं मिनेटमा गरेको गोल नै टिमको जितका लागि पर्याप्त बन्यो । निर्णायक गोलकर्ता कार्की नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण