विभिन्न पार्टीका नेताहरू कांग्रेस प्रवेश
काठमाडौँ । आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले विभिन्न पार्टीका नेताहरूलाई कांग्रेसमा प्रवेश गराएका छन् ।
विराटनगर –१२ निवासी ऊर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एस(हाल नेकपा)का नेता भिमबहादुर केसी,धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–६ का राप्रपाका स्थानीय नेता डिबी बिक, राजकुमार बिक, लगायत कांग्रेसमा प्रवेश गरेका हुन ।
प्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेसले मात्रै बचाउन सक्ने र डा. शेखर कोइराला जसरी पनि संसद्मा जानैपर्ने भएकाले आफूहरू कांग्रेस प्रवेश गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण