झापा र सुनसरीबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ
सारांश
- प्रहरीले झापाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
- सुनसरीमा प्रतिबन्धित औषधिसहित दुई युवक पक्राउ परेका छन्।
- पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।
विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि र लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रणका लागि चलाएको सक्रियताका क्रममा फागुन ११ गते उनीहरूलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले झापाको बुद्धशान्ति–४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी, सुनसरीको धरान–८ स्थित तिनकुनेमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित दुई युवकलाई समातेको छ। प्र १–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा–४ का सिजन अधिकारी र तेह्रथुम फेदाप–३ का नविन कडेलको साथबाट ५ सय ९० क्याप्सुल ट्रामाडोल र ५ सय ९० ट्याब्लेट डिकोलिक बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण