सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन आग्रह

मङ्गलबार, १२ फागुन २०८२, २० : ०८
मङ्गलबार, १२ फागुन २०८२

नेपालगञ्ज। निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन पत्रकारलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेले मंगलबार आयोजना गरेको ‘निर्वाचन रिर्पोटिङ र आचारसंहिता’ विषयक अन्तक्र्रियामा सरोकार भएकाहरूले निर्वाचन आचारसंहिता पालनाले पत्रकारिताको विश्वसनीयता र गरिमा बढाउने बताए।

महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आर्चायले पत्रकारितामा विवेकको प्रयोग नै आचारसंहिता पालना भएको उल्लेख गर्दै पत्रकारका समाचार, श्रव्यदृश्यलगायत सामग्रीले सामाजिक परिवर्तनमा अहम् भूमिका खेल्ने बताए।

“पत्रकारहरू सामाजिक उत्थान र परिवर्तनका लागि लड्दै आएका छौँ, पत्रकारिता समाजमा सबैभन्दा दबिएका समुदायको आवाज मुखरित गर्ने आधार हो”, उनले भने,“त्यसैले पत्रकार आचारसंहिताका साथै निर्वाचन आचारसंहितालाई पनि ध्यान दिँदै जनताको पक्षमा काम गर्न आवश्यक छ ।”

महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले मिडिया हाउसमा चरम ‘सेल्फ सेन्सरसीप’ गर्न थालिको भन्दै मिडिया र सामाजिक सञ्जाल एउटै ‘प्लेटफर्म’ होइन भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिए।

महासङ्ङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले पत्रकार आचारसंहिता पालनाले पत्रकारलाई नैतिक आचारणमा राख्नुका साथै समाजप्रतिको दायित्वबोध गराउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप