आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राजस्थानमा विवाह गर्दै विजय देवरकोन्डा र रश्मिका मन्दाना, पाहुनाका लागि विशेष उपहार

बुधबार, १३ फागुन २०८२, १० : २५
बुधबार, १३ फागुन २०८२

सारांश

  • विजय देवरकोन्डा र रश्मिका मन्दाना उदयपुरमा विवाह गर्दैछन्, विवाह अघिका समारोहमा रमाइलो गर्दै छन्।
  • विवाहमा आउने पाहुनाका लागि विशेष 'वेडिङ बास्केट' र स्वागत पत्रको व्यवस्था गरिएको छ।
  • उनीहरूले इन्स्टाग्राममा विवाह अघिका कार्यक्रमका तस्बिरहरू पोस्ट गरेका छन्, र मार्च ४ मा हैदरावादमा रिसेप्सन पार्टी हुनेछ।

मुम्बई । दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दाना शुक्रबार (फेब्रुअरी २६)मा राजस्थानको उदयपुरमा वैवाहिक बन्धनमा बाँधिदैछन् । अहिले उनीहरू विवाह अघिको समारोहहरूमा रमाइरहेका छन् ।

यसैबिच, भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले आफ्ना पाहुनाहरूलाई स्वागत गर्न विशेष तयारी गरेका छन् । विवाहमा सहभागी हुन आएका सबै पाहुनाहरूको कोठामा विशेष रूपमा तयार पारिएको ‘वेडिङ बास्केट’ राखिएको छ। उक्त बास्केटमा विजय र रश्मिकाले आफ्नै हातले लेखेको स्वागत पत्र समेत रहेको बताइन्छ ।

विजय र रश्मिकाले विवाह अघिका कार्यक्रमका जानकारी फ्यानलाई इन्स्टाग्राम स्टोरीहरू मार्फत दिइरहेका छन् । सोमबार यो जोडीले पाहुनाहरूसँग पुल भलिबल म्याच खेलेका थिए, भने मंगलबार उनीहरू क्रिकेट मैदानमा देखिए ।

विजयले आफ्नो सामाजिक सञ्जालमा एउटा तस्बिर साझा गरेका छन्, जसमा ब्याट र बल देखिएको छ । रश्मिकाले पनि एउटा धुमिल तस्बिर सेयर गरेकी छिन्, जसमा उनी साथीहरूसँग क्रिकेट खेलिरहेको देखिन्छिन्।

Capture (1)

यो जोडीले रिसेप्सन पार्टी भने मार्च ४ मा हैदरावादमा राखेका छन् । जसमा बलिउड सेलिब्रेटीको भब्य उपस्थिती रहने बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप