बजेट पूर्णरुपमा कार्यान्वयन हुन्छ : विष्णुप्रसाद पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।
बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसँग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि आफूले ल्याएको बजेट संसद्मा प्रस्तुत भई पारित समेत भएको अवस्थामा बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका हुन्।
उनले बजेटमा उल्लेख कतिपय विषयलाई वर्तमान सरकारले रद्द नभई होल्ड मात्रै गरेकाले होल्ड गरिएको निर्णय छिट्टै खुला हुने जिकिर गरे । उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम समेत कार्यान्वयनमा जाने उल्लेख गरे।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार समेत रहनुभएका पाैडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने, जिल्लालाई स्पोट्र्स हबका रूपमा विकास गर्ने लगायतका योजना रहेको बताए।
उनले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उजिरसिंह रङ्गशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै अघि बढ्ने दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण